आ.व. ०८१/८२ मा सिटिईभिटीबाट कार्यक्रम संचालन सम्बन्धन प्राप्त यस पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल ल्याब टेक्नोलोजी र डिप्लारेमा इन फार्मेसीमा पूर्ण शुल्कीय तर्फ विद्यार्थी छनौट गर्न योग्यता पुगेका व्यक्तिहरुबाट मिति २०८० श्रावण १३ गते भित्र रितपूर्वक आवेदन फाराम भर्नु हुन सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
आवश्यक योग्यताः
मान्यता प्राप्त शिक्षालयबाट प्रवेशिका वा एस.ई.ई. परीक्षामा अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषयमा समग्रमा २ जिपिए प्राप्त गरी वा परिषदबाट संचालन हुने कार्यक्रमसंग सम्बन्धित तोकिएका प्राविधिक एस.एल.सी./प्रि डिप्लोमा तहको कुल पूर्णाङ्कमा ६८.३३ प्रतिशत अंक प्राप्त ।
आवश्यक कागजातह
- स्पष्ट मुखाकृती देखिने हालसालै खिचिएको पासपोर्ट साइज (35mmx45mm) कोे दुई प्रति रंगीन फोटो । (फोटोको पछाडि नाम, थर र अध्ययन गर्न चाहेको कार्यक्रम स्पष्टसंग लेखिएको हुनुपर्नेछ)
- जन्मदर्ता वा नागरिकता प्रमाण पत्रको फोटोकपी
- एस.एल.सी. वा प्राविधिक एस.एल.सी (प्रि–डिप्लोमा)वा एस.ई.ई. वा सो सरहको शैक्षिक योग्यताको लब्धांकपत्र र प्रमाणपत्रको प्रतिलिपी ।
- नेपाल बाहेक अन्य मुलुकबाट एस.एल.सी. वा सो सरहको परीक्षा उत्तीर्ण गर्नेको हकमा नेपाल सरकारले तोकेको निकायद्वारा समकक्षता निर्धारण गरिएको पत्रको प्रतिलिपी ।
फाराम वितरण मितिः २०८१/०३/१५
फारा भर्ने अन्तिम मितिः २०८१/०४/१३ सम्म
प्रवेश परीक्षा मितिः २०८१/०४/१९ गते बिहान ८ः०० बजे
प्रवेश परीक्षा शुल्कः रु. १५००/-
विस्तृत जानकारीकाे लागि सम्पर्क
पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान
बुटवल-१३, जितगढी, रुपन्देही
सम्पर्क नं. 071-445377, 9849662500, 9804473391

I am really inspired with your writing abilities as neatly as with the format on your blog. Is that this a paid subject matter or did you modify it your self? Anyway keep up the excellent high quality writing, it’s rare to see a nice weblog like this one these days!
“Hello, I’m interested in applying for the Pharmacy or CMLT program for Session 2081/82 and would like the link for the online application form. Thank you!”
please visit CTEVT website