प्रमाण पत्र तहको पूर्ण शूल्कीय तर्फ प्रवेश परीक्षा शैक्षिक शत्र २०७९/०८० काे फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !

आ.व. २०७९/०८० मा सिटिईभिटीबाट कार्यक्रम संचालन सम्बन्धन प्राप्त यस पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रमाण पत्र तह मेडिकल ल्याब टेक्नोलोजीमा पूर्ण शुल्कीय तर्फ विद्यार्थी छनौट गर्न योग्यता पुगेका व्यक्तिहरुबाट मिति २०७९ श्रावण २६ गते भित्र रितपूर्वक आवेदन फाराम भर्नु हुन सम्बन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

आवश्यक योग्यताः

मान्यता प्राप्त शिक्षालयबाट प्रवेशिका वा एस.ई.ई. परीक्षामा अनिवार्य गणित, अंग्रेजी र विज्ञान विषयमा न्यूनतम सी ग्रेड प्राप्त गरी ग्रेड प्वाइन्ट एभरेज (जि.पि.ए) न्यूनतम प्राप्त वा परिषदबाट संचालन हुने कार्यक्रमसंग सम्बन्धित तोकिएका प्राविधिक एस.एल.सी./प्रि डिप्लोमा तहको कुल पूर्णाङ्कमा ६८.३३ प्रतिशत अंक प्राप्त ।

आवश्यक कागजातह

  • स्पष्ट मुखाकृती देखिने हालसालै खिचिएको पासपोर्ट साइज (35mmx45mm) कोे दुई प्रति रंगीन फोटो । (फोटोको पछाडि नाम, थर र अध्ययन गर्न चाहेको कार्यक्रम स्पष्टसंग लेखिएको हुनुपर्नेछ)
  • जन्मदर्ता वा नागरिकता प्रमाण पत्रको फोटोकपी
  • एस.एल.सी. वा प्राविधिक एस.एल.सी (प्रि–डिप्लोमा)वा एस.ई.ई. वा सो सरहको शैक्षिक योग्यताको लब्धांकपत्र र प्रमाणपत्रको प्रतिलिपी ।
  • नेपाल बाहेक अन्य मुलुकबाट एस.एल.सी. वा सो सरहको परीक्षा उत्तीर्ण गर्नेको हकमा नेपाल सरकारले तोकेको निकायद्वारा समकक्षता निर्धारण गरिएको पत्रको प्रतिलिपी ।
  • पूर्ण शुल्किय लक्षित वर्ग कोटामा समावेश हुने परीक्षार्थीहरुले भर्ना सम्बन्धी निर्देशिका–२०७९ को बुंदा नं. ९ मा तोकिएको आफूपर्ने लक्षित वर्ग खुल्ने कागजातहरुको प्रतिलिपी समेत पेश गर्नुपर्नेछ ।

फाराम वितरण मितिः २०७९/०४/१२
फारा भर्ने अन्तिम मितिः २०७९/०४/२६
प्रवेश परीक्षा मितिः २०७९/०५/०४ गते बिहान ११ः०० बजे
प्रवेश परीक्षा शुल्कः रु. १५००/-

विस्तृत जानकारीकाे लागि सम्पर्क

पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठान

बुटवल-१३, जितगढी, रुपन्देही

सम्पर्क नं. 071-445377, 9849662500, 9804473391, 9843285040

 

भर्ना सम्बन्धी निर्देशिका–२०७९

CTEVT Details Notice

1 thought on “प्रमाण पत्र तहको पूर्ण शूल्कीय तर्फ प्रवेश परीक्षा शैक्षिक शत्र २०७९/०८० काे फाराम भर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना !”

  1. I am extremely impressed with your writing abilities as well as with the format to your weblog. Is this a paid subject or did you modify it your self? Anyway keep up the excellent quality writing, it’s rare to peer a great blog like this one these days!

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Solverwp- WordPress Theme and Plugin