पूर्ण शूल्कीय तर्फका कार्यक्रमहरुको प्रशिक्षार्थी छनोटको योग्यताक्रमको सूची प्रकाशन गरिएको सम्बन्धी सूचना

प्रकाशित मितिः २०८२/०५/०६

प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद्, (CTEVT)  परीक्षा नियन्त्रण, सानोठिमी, भक्तपुरको मिति २०८२/०४/०५ गते प्रकाशित सूचना अनुसार मेडिकल ल्याव टेक्नाेलोजी र डिप्लोमा इन फार्मेशी कार्यक्रमको पूर्ण शुल्कीय अध्ययनको लागि तोकिएको म्याद भित्र रितपूर्वक अनलाइन फाराम मध्ये डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्ना सम्बन्धी निर्देशिका-२०८२ बमोजिम परिषद्ले रुजू गरी एसएलसी/एसइई नितजामा प्राप्त अंक/जिपिएमा आधारमा स्वीकृत कार्यक्रमको वर्ग र कोटाको योग्यता अनुसार मिति २०८२/०५/०६ गतेको परिषद्को निर्णयानुसार मुख्य उम्मेदवार र वैकल्पिक उम्मेदवार सहितको योग्यताक्रम र रद्द गरिएका आवेदकहरुको सूची समेत प्रकाशित गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । मुख्य उम्मेदवारको रुपमा छनौट भई भर्नाका लागि सिफारिस भएमा उम्मेदवारहरु मिति २०८२/०५/१७ गते कार्यालय समय भित्र आफ्नो Application, Acceptance Card, योग्यताक्रमको सूची, शैक्षिक योग्यताको सक्कल प्रमाण पत्र, नागरिकता वा जन्मदर्ता, छनौट भएको लक्षित वर्गको सक्कल प्रमाण पत्र, पासपोर्ट साइजको फोटो (35x45mm) सहित यस शिक्षालयमा भर्ना हुन जानकारी गराइन्छ । साथै तोकिएको समय सिमा भित्र भर्ना हुन नआएमा परिषद्को नियमानुसार हुने व्यहोरा जानकारी गराइन्छ ।

शिक्षालय प्रमुख

पूर्ण शुल्कीय नतिजा हेर्नको लागि तल क्लिक गर्नुहाेस् । 

Medical Lab Technology

Diploma in Pharmacy

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Solverwp- WordPress Theme and Plugin